विश्व

अफगानिस्तानको रक्षामन्त्रीका चालक र छोराको हत्या

इकागज |
फागुन ३, २०७७ सोमबार ६:४३ बजे

सांकेतिक तस्बिर

काबुल : अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उहाँका छोराको हत्याभएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उहाँका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो ।


राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उहाँहरुको हत्या भएको अधिकारीहरुले जनाएका छन् ।

देशका शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन् । 

घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् । 
लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन । (एएनआई)


Author

थप समाचार
x