इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभोको निधन
क्विटो : इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभो नोबोयको ८३ वर्षको उमेरमा निधन भएको छ । अकस्मात हृदयघातका कारण मंगलबार उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँलाई यही फ्रेबु्रअरी ९ मा हृदयघात भएको हो ।
हृदयघात भएपछि उनलाई थप उपचारका लागि अमेरिका लगिएको थियो । तर उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।
ज्याक्सन मेमोरियल अस्पताल फ्रोरिडामा उनको उपचार गराइएको थियो । उनको उपचार सफल नभएपछि उनका आफन्त तथा सुवेच्छुकहरूले दुःख व्यक्त गरेका छन् ।
इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति नोबोयको निधनमा शोक र सम्मान व्यक्त गर्दै राष्ट्रिय शोकसमेत घोषणा गर्न लागेको जानकारी उनले दिए ।
उनले नोबोयलाई आफ्नो अति आदरणीय, अविस्मरणीय र असल व्यक्तिका रुपमा स्मरण पनि गरेका छन् । नोबोयको निधनले आफूले अति असल मित्र र देशले असल अविभावक गुमाउनु परेको राष्ट्रपति मोरेनोले उल्लेख गरेका छन् । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया