विश्व

यस्तो छ मंगल ग्रह पुगेको यानले पठाएको तस्बिर

इकागज |
फागुन ७, २०७७ शुक्रबार ७:५७ बजे

काठमाडौँ : नासाले पठाएको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । ‘अमेरिकी पर्सिभिअरेन्स’ नाम दिइएको यानले शुक्रबार बिहान २ बजेर ४० मिनेटमा मंगल ग्रहको सतह छोएको हो ।

यो यान नासाले अमेरिकाबाट उडाएको झण्डै सात महिनापछि मंगल ग्रहमा पुगेको हो । मंगल ग्रहमा यानले सफल अवतरण गरेपछि नासाका वैज्ञानिकले एक अर्कामा खुशी साटेका थिए । लामो समयपछि मंगल ग्रहमा सफल अवतरण गरेको यो यानले मानिसको जीवन मंगल ग्रहमा सम्भव छ या छैन् ? भन्ने बारेमा थप अनुसन्धान गर्नेछ ।


यानले मंगल ग्रहको भुई छुने बित्तिकै तस्बिर पठाएको थियो । जहाँ बालुवा, ढुंगा र चट्टान देखिन्छन् । नासाले सन् १९७० देखि मंगल ग्रहमा मान्छेको जीवन सम्भव छ कि छैन ? भन्ने बारेमा अनुसन्धान गरिरहेको छ । 

यसअघि यानले पठाएका तस्बिरमा माटो भिजेको देखिएपछि मंगल ग्रहमा पानी रहेको तथ्य नासामा कार्यरत नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले बाहिर ल्याएका थिए । पानी भेटिएपछि मंगल ग्रहमा मान्छेको जीवनको खोजी भइरहेको छ । 


Author

थप समाचार
x