पहिलोपटक मान्छेमा भेटियो बर्डफ्लु
काठमाडौँ : पशुपंक्षीमा देखिने बर्डफ्लु पहिलो पटक मान्छेमा भेटिएको छ । रुसमा पहिलोपटक बर्डफ्लु मान्छेमा भेटिएको हो । रुसको एउटा पोल्ट्री फर्ममा काम गर्ने सात जना मान्छेमा बर्डफ्लु भाइरस भेटिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रुसी अधिकारीका अनुसार मानिसमा समेत बर्डफ्लुको भाइरस भेटिएपछि उच्च सतर्कता अपनाइएको छ । अहिलेसम्म मानिसमा बर्डफ्लु भेटिएको थिएन । यसले भविष्यमा मानिसबाट मानिसमा बर्डफ्लु सर्ने सम्भावना रहेकाले चुनोति थपिएको रुसी वैज्ञानिकले बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया