उडिरहेको विमानमा आगो लाग्यो तर सकुशल अवतरण !
इन्जिनमा आगो लागेको विमान । तस्बिर : रोयटर्स
काठमाडौँ : अमेरिकाको डेनबर विमान स्थलबाट उडेको विमानमा अचानक आगो लागेको छ । २ सय ३१ यात्रुसहित डेनबरदेखि होनोलुलुको लागि उडेको विमानको दाहिने तर्फको इन्जिनमा आगो लागेको हो । उडिरहेको अवस्थामा अचानक आगो लागेको विमानको इन्जिनका टुक्राहरु खसेको भए पनि उक्त विमानलाई पाइलटले सफलतापूर्वक अवतरण गराएका थिए ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार बोइङ ७७७ विमानमा १० जना चालक दलका सदस्य थिए । २ सय ३१ यात्रु रहेको विमानका सबै यात्रु सकुशल रहेका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मानवीय क्षति नभएको विमानका बारेमा थप तथ्य आउन बाँकी छ । यद्यपि विमानका यात्रुहरू सकुशल रहेकाले ठूलो दुर्घटना टरेको छ ।
शनिबार उक्त विमानलाई सम्भावित दुर्घटनाबाट बचाएर पाइलटले डेनबरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सफल रुपमा अवतरण गराएका हुन । डेबरदेखि होनोलुलुका लागि उड्ने क्रममा विमानमा आगो लागेको हो । उडे लगत्तै आगो लागेपछि उडेको २० मिनेटमा अवतरण गरिसकेको थियो । विमान १० हजार फिटमा पुगेको बेला इन्जिनमा आगो लागेको थियो ।
दाहिने इन्जिनमा आगो लागेपनि देब्रे इन्जिनको सहायताले विमानलाई सफल रुपमा अवतरण गराइएको अनुमान छ । दाहिने इन्जिनमा आगो लाग्नुको कारण भने खुलेको छैन । उडिरहेको अवस्थामा विमानको एउटा इन्जिनमा आगो लागेपनि पाइलटले सुरक्षित तवरले अवतरण गराएर यात्रु र आफ्नो जीवन बचाएको भन्दै विमान चालकदल समूहलाई सबैले स्यावशी दिइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया