विश्व

माल्दिभ्समा सोमबार यस वर्षकै धेरै पर्यटक भित्रिए

इकागज |
फागुन ११, २०७७ मंगलबार ७:१९ बजे

माले : माल्दिभ्समा सोमबार यस वर्षकै सवैभन्दा धेरै पर्यटक भित्रिएका छन् । 

स्थानीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको विवरण अनुसार सोमबार माल्दिभ्समा पाँच हजार १०० पर्यटक भित्रिएका हुन् । यो सङ्ख्या सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै रहेको पनि अधिकारीहरूले जनाएका छन् ।


मालदिभ्समा कोरोनाभाइरसको महामारीभन्दा अगाडि औसतमा दैनिक पाँच हजार पर्यटक आउने गरेका थिए । तर कोरोनापछि अहिले औसतमा दैनिक तीन हजार पर्यटक भित्रिने गरेको तथ्याङ्क छ ।

टापूहरूको देश माल्दिभ्समा जनवरी १ देखि फेब्रुअरी २० सम्म एक लाख ६० हजार पर्यटक भित्रिएका छन् । तीमध्ये प्रायः भारत, रूस, युक्रेन, काजकस्थानलगायतका देशबाट आएको पाइएको छ ।

यस बर्षको अन्त्यसम्ममा १५ लाख पर्यटक स्वदेश भित्र्याउने लक्ष्य लिइएको पर्यटन मन्त्रालयले जनाएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x