विश्व

युरोपेली मुलुकमध्ये हंगेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

इकागज |
फागुन १३, २०७७ बिहीबार ६:४० बजे

बुडापेस्ट : युरोपेली मुलुकमध्ये हंगेरीमा मात्रै चिनियाँ खोपको प्रयोग भएको छ । हंगेरीमा बुधबारदेखि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप सिनोफार्म लगाउन थालिएकाले चिनियाँ खोप प्रयोग गर्नेमा हंगेरी पहिलो र एक मात्र युरोपेली मुलुक भएको हो ।  

प्रधानमन्त्री भिक्टर अर्बानले पनि चिनियाँ खोप प्रयोग गर्नेमा आफ्नो देश पहिलो र एक मात्र युरोपेली मुलुक भएको बताउनुभएको उल्लेख गरे । झण्डै एक करोड जनसङ्ख्या रहेको यस मुलुकका लागि झण्डै ५० लाख खोप माग गरिएको उनले बताए ।


युरोपेली मुलुकहरूमा विकास गरिएको खोप नलगाइएको भन्दै कतिपयले हंगेरीको आलोचना पनि गरेको समाचारमा जनाइएको छ । हंगेरीमा कोरोनाभाइरसका कारण अहिलेसम्म १४ हजार ५५२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । (एएफपी)


Author

थप समाचार
x