विश्व

गरिबीविरुद्ध लडाईं जितेको चिनियाँ राष्ट्रपति चिनफिङको घोषणा

इकागज |
फागुन १३, २०७७ बिहीबार १३:२५ बजे

फाइल तस्बिर

काठमाडौँ : चिनियाँ राष्ट्रपति सि चिनफिङले आफ्नो मुलुकले ग्रामीण भेगमा रहेको गरिबीमाथि पूर्ण विजय प्राप्त गरेको घोषणा गरेका छन् । बेइजिङमा बिहीबार आयोजना गरिएको एक कार्यक्रममा झन्डै १० करोड चिनियाँ गरिबीको रेखाबाट माथि उठेको दाबी गरियो । 

चिनिफिङ चीनको राष्ट्रपति बनेर आएपछि ग्रामीण भेगमा रहेको गरिबी निर्मुल पार्ने बताएका थिए । चिनफिङको नेतृत्वमा रहेको चिनियाँ सरकारले प्राप्त गरेको यस्तो सफलता एक सय वर्ष पुगेको चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का लागि उपहार भएको त्यहाँका सरकारी सञ्चार माध्यमले जनाएका छन् । 


ग्रेट हलमा आयोजित कार्यक्रममा एक घण्टा लामो भाषण गर्दै चिनिफिङले सीसीपी र चिनियाँ कम्युनिस्ट व्यवस्था विश्वकै उत्कृष्ट भएको बताए । उता गरिबी निवारण सम्बन्धि काम गर्ने विज्ञहरुले चिनियाँ सरकारको गरिबीको व्याख्या नै फरक रहेको बताउँछन् । त्यसकारण पनि चीनमा कुन स्तरमा गरिबी घटेको भन्‍नेबारेमा यसै भन्‍न नसकिने उनीहरुको भनाई छ । 

राष्ट्रपति चिनफिङले आफ्नो सरकारले गरिबी निवारणका लागि पछिल्ला आठ वर्षमा एक सय ६० बिलियन युआन खर्च गरिएको बताए । उनले चिनियाँ सरबारले अर्को पाँच वर्षसम्म गरिबी निवारणका लागि ठूलो बजेट विनियोजन गरिने बताए । यद्यपी कती बजेट विनियोजन गरिने भन्‍ने केही बताइएको छैन ।


Author

थप समाचार
x