विश्व

कोभिडको दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ : डब्लुएचओ

इकागज |
फागुन १४, २०७७ शुक्रबार ८:१८ बजे

कोपेनहेगन : कोभिड-१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ सुन्‍नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को यूरोप शाखाले बिहीबार बताएको छ ।

कोभिड-१९ ले निम्त्याउने दीर्घकालीन परिणामलाई स्वास्थ्य अधिकारीले प्राथमिकतामा राख्नु विरामीका साथै रोगबारे हुने अनुसन्धानका लागि पनि महत्वपूर्ण बिषय भएको डब्लुएचओले बताएको हो ।


डब्लुएचओका यूरोप क्षेत्रीय निर्देशक ह्यान्स क्लुगले पत्रकार सम्मेलनमा भने, 'यदि कोभिड-१९ सङ्क्रमणबाट निको भएका व्यक्तिबाट अनुभवहरूलाई सुन्यौँ भने यसले कोभिडका कारण हुने दीर्घकालीन असरलाई बुझ्‍न सहज हुनेछ र यो निकै महत्वपूर्ण कुरा हो । यो हरेक स्वास्थ्यकर्मीका लागि मननीय तथ्य हो ।' (एएफपी)


Author

थप समाचार
x