विश्व

आगोले जलिरहेको अपार्टमेन्टबाट आमाले चार बच्चाबच्ची झ्यालबाट फालिन्

इकागज |
फागुन १५, २०७७ शनिवार ६:३० बजे

फोटो : बिबिसी

काठमाडौँ : टर्कीको इस्तानबुलमा रहेको एक अमार्टमेन्टमा आगो लागेपछि आमाले आफ्ना छोराछोरीलाई झ्यालबाट फालेकी छिन् । उनी बस्ने अपार्टमेन्टमा समेत आगो सल्किएपछि उनले बच्चाको ज्यान जोगाउन अपार्टमेन्टको तेस्रो तलाको झ्यालबाट चार जना बच्चाबच्चीलाई झ्यालबाट फालेकी हुन् ।

उनले झ्यालबाट बच्चा फाल्दा भुईमा उद्धारको पखाईमा रहेकाहरुले समातेका थिए । भुईमा खस्न नपाउँदै ती बच्चाहरुलाई समातेर उनीहरुले ज्यान जोगाएको बिबिसीले जनाएको छ । अपार्टमेन्टमा आगो लागेको केही समयमै उनी बस्ने कोठामा समेत आगो सल्किएको थियो ।


उनीहरुलाई समातेर भुईमा ल्याउन समय लाग्ने भएपछि उनले झ्यालबाट बच्चाहरुलाई फालेर भुईमा रहेका मानिसहरुले समाउने अपेक्षा गरेकी थिइन् । सोही अनुसार उनले अग्निनियन्त्रक आउनु अगाडि नै आफ्ना चारै जना बच्चाहरुको ज्यान जोगाउन सफल भएको बिबिसीेले जनाएको छ ।


Author

थप समाचार
x