विश्व

पाकिस्तानमा विस्फोटमा परी पाँचको मृत्यु

इकागज |
फागुन २२, २०७७ १३:४६ बजे

इस्लामावाद : पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन् । विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन् । 

उनीहरू यात्रा गरिरहेको सवारी साधन नै धरापमा परेको थियो । सो सवारी साधन उक्त सडकमा राखिएको धरापमा परेपछि विस्फोट भएको थियो । उक्त प्रान्तको बाबर काँच जिल्लामा सो विस्फोट भएको उक्त जिल्लाका डेपुटी कमिशनर यासिर खानले जानकारी दिएका छन् । रासस
 



Author

थप समाचार