विश्व

भारतमा कोभिड-१९ संक्रमणबाट एकैदिन १०८ को मृत्यु

इकागज |
फागुन २२, २०७७ शनिबार २०:३७ बजे

नयाँदिल्ली :  कोभिड-१९ भाइरस संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप १८ हजार ३२७ जना सङ्क्रमित भएका मन्त्रालयले शनिबार जनाएको छ । 

योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको छ । कुल सङ्क्रमित मध्ये एक लाख ८० हजार ३०४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका मन्त्रालयले जनाएको छ । 


भारतमा कोभिडका कारण अहिलेसम्म एक लाख ५७ हजार ६५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।   सरकारी अधिकारीहरूका अनुसार यही मार्च ५ तारिखका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६७७ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्ये सात लाख ५१ हजार ९३५ जनाको परीक्षण शुक्रबार मात्रै गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ । 

भारतमा देशभरी अहिलेसम्म एक करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोभिडविरुद्धको खोप लगाइएको छ । (रासस)
 


Author

थप समाचार
x