विश्व

अफगानी सेनाको कारबाहीमा १० तालिबानी मारिए

इकागज |
फागुन २४, २०७७ सोमवार २०:५७ बजे

लस्कार गाह :  अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा सेनाले गरेको कारबाहीमा १० जना तालिबान लडाकुको मृत्यु भएको छ । अफगानिस्तानमा विगत लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरूले सरकारी सम्पत्ति र सर्वसाधारणमाथि गर्ने गरेको आक्रमण जारी नै रहेको रहेको छ । 

सोमबार दिइएको जानकारीअनुसार दक्षिणी हेल्मण्ड प्रान्तको नार ए सरओज जिल्लाका दुई स्थानमा सेनाले कारबाही गरेको थियो । त्यस कारबाहीमा उनीहरूको निधन भएको हो । अफगानिस्तानमा हिंसाको अनुगमन गरिरहेको संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले सोमबार जानकारी दिएको छ । त्यसैगरी हेल्मण्ड प्रान्तको प्रान्तीय प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि सो कुराको जानकारी गराइएको छ । 


त्यस जिल्लामा तालिबानको गढ रहेको मानिएको छ । त्यस क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाको आधारमा सरकारी सेनाले सो कारबाही गरेको बताइएको छ । उता अफगानिस्तानका विभिन्‍न प्रान्तका केही स्थानमा पनि हिंसात्मक आक्रमणहरू भएका बताइएको छ । सो हिंसामा भएको मानवीय हताहतको बारेमा भने कुनै जानकारी नगराइएको समाचारमा जनाइएको छ । (रासस)
 


Author

थप समाचार
x