विश्व

पाकिस्तानमा टिकटक प्रतिबन्ध

इकागज |
फागुन २७, २०७७ बिहीबार १८:२८ बजे

काठमाडौँ: लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई पाकिस्तानमा प्रतिबन्ध लगाइने भएको छ । पाकिस्तानी अदालतले त्यहाँको दुरसञ्चार नियमन निकाय पाकिस्तान टेलिकम अथोरिटी (पीटीए) लाई बिहीबार टिकटक माथि प्रतिबन्ध लगाउन आदेश दिएको अन्तराष्ट्रि समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।  

पाकिस्तानको उत्तरपश्‍चिम सहर पेशावरको अदालतलमा टिकटकले सामाजमा पाच्य नहुने किसिमको ‘कन्टेन्ट’ हुने भएकाले चिनियाँ सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउन माग राख्दै मुद्दा दायर गरिएको थियो ।    


पाकिस्तानमा गत अक्टोबरमा पनि टिकटक बन्द गरिएको थियो । तर चिनियाँ कम्पनी बाइट डान्सले सञ्चालन गर्ने सामाजिक सञ्जालले स्थानिय कानुन अनुसार चल्ने प्रतिबद्वता जाहेर गरेपछि १० दिनमै प्रतिबन्ध हटाइएको थियो । विश्वभर लोकप्रिय रहेको टिकटक पाकिस्तानमा ह्वाट्सएप र फेसबुक पछि सबैभन्दा धेरै डाउनलोड गरिने एप्लिकेशन रहेको रोयटर्सको रिपोर्टमा उल्लेख छ । 

लोकप्रिय हुनुको बाबजुद पनि टिकटिक विवादमा परिरहने सामाजिक सञ्जाल हो । चिनियाँ सरकारसँग नजिक रहेको र प्रयोगकर्ताको ‘डाटा’ सुरक्षित नहुने भन्दै टिकटकको आलोचना हुँदै आएको छ । टिकटकको सबैभन्दा ठूलो बजार रहेको भारतमा समेत सुरक्षाको कारण देखाउँदै चिनियाँ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको थियो ।   


Author

थप समाचार
x