विश्व

अमेरिकी कङ्ग्रेसद्वारा १९ खर्ब डलरको कोभिड राहत प्याकेज स्वीकृत

इकागज |
फागुन २८, २०७७ शुक्रबार ६:३० बजे

काठमाडौँ :​ अमेरिकी राष्ट्रपति जो वाइडन ह्वाइट हाउस आएसँगै अघि बढाएको १९ खर्ब डलरको कोभिड-१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कंग्रेस)ले अनुमोदन गरेको छ । राष्ट्रपति वाइडन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन हुनुलाई जितको रुपमा लिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्, ‘यो एक प्रकारको विजय नै हो ।’

उक्त विधेयकमा माथि भएको मतदानमा पक्षमा २२० र विपक्षमा २११ मत खसेको थियो । अर्थात् कंग्रेसमा बहुमतमा रहेका डेमोक्र्याटसहरूले विधेयकको पक्षमा मतदान गरेको भए पनि रिपब्लिकन पार्टीले विपक्षमा मतदान गरेका थिए । यो विधेयकलाई अमेरिकी माथिल्लो सदनले चार दिनअघि बहुमतका आधारमा पारित गरिसकेकाल नै यो कार्यावन्यनयमा जाने भएको छ ।


निकै विवादमा परेको अमेरिकी श्रमिकको प्रतिघन्टा पारिश्रमिक १५ डलर पुर्‍याउने प्रस्ताव विधेयकबाट झिकिएको थियो । त्यो प्रस्ताव हटाउँदै प्रस्तुत उक्त विधयेक सर्वसम्मत् भने हुन सकेन । सिनेटमा रिपब्लिकन पार्टीका सदस्यहरूले विधेयकको पक्षमा मतदान गरेनन् । कंग्रेसले विधेयक पारित गरेसँगै राष्ट्रपति वाइडनले ट्वीट गर्दै सबैलाई धन्यवाद दिएका थिए । आज (शुक्रबार) विधेयकमा हस्ताक्षर गरेसँगै राहत प्याकेज कार्यान्वयनमा आउने अमेरिकी वायर एपीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

निकै चासोमा रहेको विषय भनेको अधिकांश अमेरिकी नागरिकलाई कोभिड राहत अनुरुप एक हजार चार सय डलर उपलब्ध गराउनेछ । सातामा तीन सय डलर आपतकालीन बेरोजगार भत्ता सेप्टेम्बरसम्म पाउने विषय पनि उल्लेख छ । विधेयकले निर्वाचनको समयमा वाइडनले व्यक्त गरेका प्रतिज्ञा र मुलुकको अर्थतन्त्रको पुनरुद्धार दुवै समेटेको छ ।

अमेरिकामा कोभिड-१९को कारण अमेरिकामा मानवीय क्षति र आर्थिक क्षति निकै डरलाग्दो छ । यसलाई सम्बोधन गर्न वाइडनले यो अवस्था सृजना गरेका हुन । अमेरिकामा कोभिड-१९ को संक्रमणबाट पाँच लाख २६ हजार बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

यो विधयेकले कोभिड-१९ सँग सम्बन्धित कार्यक्रममा खर्च गर्ने, संकटमा परेका परिवारलाई राहत दिने, रोजगारी जोगाउने र नयाँ रोजगार सिर्जना गर्ने लगायतलार्य समेटेको उल्लेख छ । अमेरिकाले यस्तो प्याकेजहरू ल्याए पनि मुलुकको ऋणभार भने २२ ट्रिलियन डलर पुगिसकेको छ । त्यसतर्फ कसैको चासो देखिँदैन । ६ सय पृष्ठ भन्दा लामो उक्त विधेयकले न्यून र मध्यम आय भएका परिवारलाई राहत उपलब्धको प्रयत्न गरेको छ ।

यो राहत प्याकेजले अमेरिकामा निकै चर्चा रहेको र सर्वसाधारणले उक्त प्याकेजलाई स्वागत गरेका छन् । रिपब्लिकन भोटर्सले पनि उक्त प्याकेज राम्रो रहेको उल्लेख गरिरहेको पनि संचार माध्यमहरूले दिएका छन् ।


Author

थप समाचार
x