विश्व

परमाणु ऊर्जा केन्द्रको आगलागीबारे यसो भन्‍छन् युक्रेनका राष्ट्रपति

परमाणु-ऊर्जा-केन्द्रको-आ

इकागज |
फागुन २४, २०७८ मंगलबार १७:५९ बजे

युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसी फौजको आक्रमणमा परेपछि युक्रेनी राष्ट्रपतिले तत्काल कदम चाल्न विश्वलाई आग्रह गरिरहेका छन् ।

‘युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्र अहिले जलिरहेको छ,’ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमा राखेको भिडिओमा भनेका छन् ।

उनले अगाडि भनेका छन्,’युरोपेलीहरू जाग्नुहोस् । आफ्ना राजनीतिज्ञहरूलाई भन्नुहोस् कि रुसी फौजले युक्रेनस्थित ऊर्जा केन्द्रमाथि गोली चलाइरहेका छन् ।’

जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, ब्रिटेन, युरोपेली सङ्घ, जर्मनी र पोल्यान्डका नेताहरूका साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँग पनि आफू सम्पर्कमा रहेको बताएका छन् ।



Author

थप समाचार
x