विश्व

रुसी सेनाले १६० बढी शैक्षिक संस्था ध्वस्त पारेको युक्रेनी विदेश मन्त्रालयको दाबी

रुसी-सेनाले-१६०-बढी-शैक्ष

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:० बजे

किभ [युक्रेन]- रुसी सेनाको गोलाबारीबाट युक्रेनमा १६० भन्दा बढी शैक्षिक संस्थाहरू आंशिक वा पूर्ण रूपमा ध्वस्त भएको युक्रेनको विदेश मामिला मन्त्रालय (MFA) ले शुक्रबार जनाएको छ ।
युक्रेनका शिक्षा मन्त्रीका अनुसार युक्रेनका १६० भन्दा बढी शैक्षिक संस्थाहरू रुसी सेनाको गोलाबारीबाट आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।

बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन् । यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन् ।

अमेरिका, क्यानडा र युरोपेली सहयोगीहरूले प्रमुख रुसी बैंकहरूलाई अन्तरबैंक सन्देश प्रणाली, SWIFT बाट हटाउन सहमत भएका छन् । यसबाट रुसी बैंकहरूले रुसको सिमाना बाहिरका बैंकहरूसँग सुरक्षित रूपमा सञ्चार गर्न सक्ने छैनन् । राष्ट्रपति पुटिनले अमेरिका र उसका सहयोगीहरू विरुद्ध विशेष आर्थिक उपायको अध्यादेशमा पनि हस्ताक्षर गरेका छन् । (एएनआई)



Author

थप समाचार
x