विश्व

अप्रिलदेखि श्रीलंकाका सबै विद्यालयहरू खुल्ने

इकागज |
चैत २, २०७७ सोमबार २०:५२ बजे

कोलम्बो  : श्रीलंकाका सवै विद्यालयहरू आगामी अप्रिलदेखि खुल्ने भएका छन् ।  स्थानीय सिन्हला र तमिल समुदायको नयाँ बर्षपछि मात्रै सबै अध्ययन अध्यापन कार्य सुरु गर्नु उपयुक्त हुने ठानेर १९ अप्रिल देखि सुरु गर्ने निर्णय भएको हो ।

शिक्षा मन्त्रीले अप्रिल १९ देखि सबै विद्यालयहरू खोल्न आवश्यक तयारी भइरहेको सोमबार जानकारी दिए । कोरोना भाइरसको दोस्रो चरणको महामारीका कारण श्रीलंकामा गत अक्टोबरदेखि आइतबारसम्म विद्यालयहरु बन्द गरिएको थियो । 


कक्षा ५, ११ र १३ सोमबारदेखि सञ्‍चालन गरिएको छ भने अरु कक्षा अप्रिल १९ देखि सुरु हुने सरकारी अधिकारीहरुले जनाएका छन् ।  विद्यालयहरू सवै खोल्नु अगाडि सवै विद्यालयहरूलाई आधारभूत स्वास्थ्य मापदण्ड पुरा गर्न लगाइने र सञ्‍चालनका बेलामा ती सबै मापदण्ड पालना गर्नु पर्ने व्यवस्था गरिने भएको छ ।

श्रीलंकामा कोरोना भाइरसबाट अहिलेसम्म ८७ हजार ९०७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये ५२७ जनाको मृत्यु भएको छ । महामारी नियन्त्रणका लागि देशमा अहिले कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान पनि सुरु गरिएको छ । (रासस)


Author

थप समाचार
x