तेल निर्यातमा प्रतिबन्ध लगाए ग्यास पाइप बन्द गर्ने रूसी चेतावनी
तेल-निर्यातमा-प्रतिबन्ध
काठमाडौँ -पश्चिमा देशहरूले रूसको तेल निर्यातमा प्रतिबन्ध लगाए ग्यासको पाइपलाइन बन्द गर्ने चेतावनी दिएको छ । यदि पश्चिमा देशहरूले रुसलाई तेल निर्यात गर्न प्रतिबन्ध लगाए ग्यास आपूर्तिका लागि जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी मस्कोले दिएको बीबीसीले उल्लेख गरेको छ।
रुसी उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले त्यस्तो कदमबाट विश्वभरिको आपूर्तिमा विनाशकारी परिणाम आउने र तेलको मूल्य दोबर भएर प्रतिब्यारल ३ सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्। रूस-युक्रेन युद्ध सुरु भएपछि हाल तेलको मूल्य प्रतिव्यारेल १ सय २७ अमेरिकी डलर पुगेको छ ।
प्रतिकार गर्ने रुसको अधिकार भएको तर्क गर्दै नोभाकले रुस र जर्मनीबीच स्थापित दोस्रो नोर्ड स्ट्रीम पाइपलाइन प्रमाणीकरण रोकिदिने जर्मनीको गत महिनाको निर्णयतिर औँला ठड्याएका छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया