विश्व

युक्रेनको आणविक प्लान्ट पूर्ण नियन्त्रणमा : रुस

इकागज |
फागुन २५, २०७८ बुधबार ९:३५ बजे

रसियाको नेशनल गार्डले अब युक्रेनको जापोरिझ्या आणविक प्लान्ट पूर्ण नियन्त्रणमा रहेको सरकारी मिडियाले जनाएको छ ।

उनीहरूले नेशनल गार्डका एक अधिकारीलाई उद्धृत गर्दै भनेका छन् कि प्लान्टका कर्मचारीहरू सामान्य रूपमा काम गरिरहेका छन् । युक्रेनको राष्ट्रिय गार्डका सदस्यहरू जसले यसको रक्षा गरिरहेका थिए, उनीहरूले आफ्ना हतियार बुझाएको बीबीसीले उल्लेख गरेको छ ।


यसअघि युक्रेनको ऊर्जा मन्त्रालय हर्मन हलुस्चेन्कोले रुसी सेनाले प्लान्टका कर्मचारीहरूलाई यातना दिएको आरोप लगाउँदै कर्मचारीहरूलाई बन्धक बनाएको बताएका थिए ।

रसियाले प्लान्टको व्यवस्थापनलाई प्रचार उद्देश्यका लागि प्रयोग गरिने झुटो बयान जारी गर्न बाध्य पार्नेछ । रुस र युक्रेन दुवैको दाबी स्वतन्त्र रूपमा प्रमाणित भएको छैन ।

विश्व नेताहरूले रुसले आफ्ना कार्यहरूद्वारा सम्पूर्ण महादेशको सुरक्षालाई खतरामा पारेको आरोप लगाएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने कि मस्कोले आणविक आतंक फैलाएको छ।


Author

थप समाचार
x