किभलाई दुई दिनभित्र कब्जा गर्ने योजनामा थिए पुटिन
फाइल तस्बिर
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किभलाई दुई दिनमा कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बताएका छन् ।
मङ्गलबार एउटा संसदीय सुनुवाइको क्रममा बोल्दै बर्न्सले अमेरिकी सांसदहरूलाई चेतावनी दिँदै भने 'मलाई लाग्छ अहिले पुटिन आक्रोशित र हताश छन् । गैरसैनिक हताहत हुने कुरालाई बेवास्ता गर्दै उनले अझ बल गरेर युक्रेनी सेनालाई दमन गर्ने प्रयास गर्न सक्ने सम्भावना छ ।'
पुटिन धेरै वर्षदेखि गुनासो र महत्त्वाकाङ्क्षाको एउटा ज्वलनशील मिश्रणमा तड्पिएको उनको भनाइ उदृत गर्दै बीबीसीले लेखेको छ ।
फेब्रुअरी २४ मा युक्रेनमाथि भएको रुसी पुटिनको गहिरो निजी दृढ विश्वासका कारण भएको उनले टिप्पणी गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया