टर्कीमा रुस र युक्रेनका विदेशमन्त्री वार्ता गर्दै
रुस र युक्रेनका विदेशमन्त्रीहरू टर्कीमा भेट्ने भएका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबाले टर्कीमा भेटवार्ता गर्ने रुसी विदेश मन्त्रालयले पुष्टि गरेको छ ।
२४ फेब्रुअरीमा युक्रेनमा रुसी आक्रमण सुरु भएपछि यो दुईबीचको पहिलो भेट हो ।
लाभरोभ अन्टाल्यामा अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा जानेछन् र कुलेबासँग उनको सम्पर्क त्यहाँ हुने योजना छ, रुसी राज्यको स्वामित्वमा रहेको समाचार आउटलेट आरआईए नोवोस्तीले बुधबार बिहान विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
हालसम्म बैठक मार्च १० मा बस्ने र कूटनीतिक मञ्चको बैठक मार्च ११ मा बस्ने बताइएको छ ।
रुस र युक्रेनबीचको शान्ति वार्ता अहिलेसम्म कुनै ठोस सम्झौता हुन सकेको छैन भने चुनौतीपूर्ण साबित भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया