कसले मिलायो रुस र युक्रेनका विदेशमन्त्रीको वार्ता ?
रुस र युक्रेनका विदेशमन्त्रीहरू टर्कीमा भेट्ने भएका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबाले टर्कीमा मार्च १० मा भेटवार्ता गर्ने भएका हुन् ।
२४ फेब्रुअरीमा युक्रेनमा रुसी आक्रमण सुरु भएपछि यो दुईबीचको पहिलो भेट हो । बीबीसीका अनुसार लाभरोभ र कुलेबा बैठक बस्ने वातावरण टर्कीका विदेशमन्त्री मेभल्त कावुसोग्लुले बनाएका हुन् । काभुसेग्लुले त्रिपक्षीय ढाँचामा कुलेबा र लाभरोभसँग टेबलमा राख्ने प्रस्ताव राखेका थिए ।
लाभरोभ अन्टाल्यामा अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा जानेछन् र कुलेबासँग उनको सम्पर्क त्यहाँ हुने योजना छ, रुसी राज्यको स्वामित्वमा रहेको समाचार आउटलेट आरआईए नोवोस्तीले बुधबार बिहान विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभालाई उद्धृत गरेको छ ।
हालसम्म बैठक मार्च १० मा बस्ने र कूटनीतिक मञ्चको बैठक मार्च ११ मा बस्ने बताइएको छ । रुस र युक्रेनबीचको शान्ति वार्ता अहिलेसम्म कुनै ठोस सम्झौता हुन सकेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया