विश्व

युक्रेनद्वारा गहुँ लगायतका कृषि वस्तु निर्यातमा रोक

इकागज |
फागुन २५, २०७८ बुधबार १७:२१ बजे

काठमाडौँ - युक्रेनले आफ्नो मुलुकबाट निर्यात हुने गहुँ, मकै, अनाज, नुन र मासु लगायतका प्रमुख कृषिजन्य वस्तुको निर्यातमा प्रतिबन्ध लगाएको छ । मंगलबार यस सम्बन्धी प्रस्ताव त्यहाँको मन्त्रिपरिषदबाट पारित भएको सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

उक्त प्रस्तावअनुसार अब युक्रेनबाट कोदो, गहुँ, चिनी, नुन, गहुँ, मासु, साथै गाईवस्तु र यसका उप-उत्पादनहरू निकासी गर्न प्रतिबन्ध गरिएको छ। युक्रेनबाट निर्यात हुने सम्पूर्ण खाद्य वस्तुमा प्रतिबन्धित हुने मन्त्रिपरिषद्को विज्ञप्तिमा उल्लेख छ।


युक्रेनका कृषि नीति र खाद्य मन्त्री रोमन लेस्चेन्कोले युक्रेनमा मानवीय संकट रोक्न र आवश्यक खाद्य उत्पादनहरूमा जनसंख्याको आवश्यकता पूरा गर्न कदम चालिएको बताए। युरोपेली आयोगको तथ्यांक अनुसार युक्रेन कृषि उत्पादनमा तथा निकासीमा युरोपको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो।

संयुक्त रूपमा, रुस र युक्रेनले विश्वव्यापी गहुँ निर्यातको लगभग ३० प्रतिशत बजार ओगट्ने गरेका छन्।, ग्रो इन्टेलिजेन्सकाअनुसार युक्रेन आक्रमण अघि गहुँ निर्यातमा रेकर्ड कायम गरेको थियो । 

 


Author

थप समाचार
x