युक्रेन युद्धमा रुसका ६ हजार सैनिकको मृत्यु भएको अमेरिकाको अनुमान
अमेरिकाले रुसका ६ हजार सैनिकको मृत्यु भएको अनुमान गरेको छ । युद्धको पहिलो दुई हप्तामा मारिएका रुसीहरूको संख्या लगभग पाँच हजारदेखि ६ हजार भएको अमेरिकी आधिकारिक अनुमान छ ।
, अधिकारीहरूले अमेरिकामा बीबीसीको साझेदार सीबीएस न्यूजलाई बताए ।
घाइते रूसी सेनाको संख्या लगभग १५ हजारदेखि १८ हजारसम्म रहेको अमेरिकामा बीबीसीको साझेदार सीबीएस न्यूजले जनाएको छ ।
गुमनाम रहन चाहने एक अमेरिकी अधिकारीले यस प्रक्षेपणलाई धेरै-धेरै महत्त्वपूर्ण हताहत भनेका छन् । मृत्युदरलाई दोस्रो विश्वयुद्धका केही लडाइहरूसँग तुलना गरेका छन्।
युक्रेनले युद्धमा १२ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । गत हप्ता रुसले युक्रेनमा आफ्ना ५ सयभन्दा कम सैनिक मारिएको बताएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया