विश्व

चीनका प्रधानमन्त्रीले राजीनामा दिँदै

इकागज |
फागुन २८, २०७८ शनिबार १२:५६ बजे

बेइजिङ- चीनका प्रधानमन्त्री ली खछ्याङले आगामी मार्चमा आफ्नो कार्यकाल सकिएपछि पदबाट राजीनामा दिने बताएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको वरिष्ठताको रोलक्रममा दोस्रो नम्बरमा रहेका नेता ली सन् २०१३ देखि प्रधानमन्त्री छन् । ‘म प्रधानमन्त्री हुने यो अन्तिम वर्ष हो,’ पत्रकार सम्मेलनमा उनले भने ।

आगामी पाँच वर्षका लागि नेताहरू छनोट गर्न यस शरद ऋतुमा हुने पार्टी बैठकमा राष्ट्रपति सी चिनफिङ पार्टी प्रमुखको रूपमा तेस्रो कार्यकाल सम्हाल्ने अपेक्षा गरिएको छ ।  


सन् २०१५ मा चीनले राष्ट्रपति पद धारण गर्नका लागि दुई कार्यकालको सीमा घटाउन आफ्नो संविधान संशोधन गरेको थियो ।

पार्टी नेताहरुले आगामी प्रधानमन्त्री छनौट गर्न सक्छन् । एजेन्सी


Author

थप समाचार
x