विश्व

सैन्य परिचालन सुरु भएदेखि झन्डै चार लाख युक्रेनीहरू रोमानियामा प्रवेश

इकागज |
फागुन २९, २०७८ आइतबार २०:२२ बजे

काठमाडाैँ – रूसले गत फेब्रुअरी २४ मा यूक्रेनमा सैन्य आक्रमण सुरू गरेदेखि अहिलेसम्म करिब चार लाख युक्रेनी नागरिक रोमानिया प्रवेश गरेका रोमानियाको सीमा प्रहरीले आइतबार जानकारी गराएको छ । 

सीमा प्रहरीले भनेको छ, “फेब्रुअरी २४ देखि यूक्रेनका तीन लाख ९९ हजार ५४२ नागरिकहरू रोमानियामा प्रवेश गरेका प्रहरीको तथ्याङ्कमा देखिएको छ ।” 


शनिबार मात्र १६ हजार ६७६ जना यूक्रेनीहरू रोमानियामा प्रवेश गरेका पनि प्रहरीले पुष्टि गरेको छ ।  

यसैबीच बढी आक्रमणमा भएका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास यूक्रेनी अधिकारीहरूले जनाएका छन् । आक्रमणमा विशेष गरी दक्षिणी बन्दरगाह साहर मारिउपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका छन् ।


Author

थप समाचार
x