इन्डोनेसियामा ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प
फाइल फोटो
जाकार्ता - इन्डोनेसियाको शक्तिशाली भूकम्प गएको छ । तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्र बिन्दु पारेर ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराई २१ किलोमिटर रहेको छ ।
भूकम्पपछि त्रसित बनेका सर्वसाधारण घर छोडेर सुरक्षित क्षेत्रमा भागेका थिए । ‘भूकम्प एक मिनेटसम्म महशुस गरिएको थियो । मानिसहरु त्रासले घरबाहिर निस्किएका थिए,’ राष्ट्रिय विपत न्यूनिकरण निकायले आफ्नो प्रारम्भिक रिपोर्टमा भनेको छ । भूकम्पपछि निरन्तर परकम्पहरु गइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
भूकम्पको केन्द्र बिन्दु पश्चिमी सुमात्रा प्रान्तको ठूलो सहर पदाङबाट १९७ किलोमिटर टाढा रहेको जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया