जापानको फुकुशिमामा भूकम्प
टोकियो : जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको थियो । भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया