युक्रेनमा सहरको अवस्था के छ ?
किभ- इन्स्टिच्यूट अफ द स्टडी अफ वारले गरेको पछिल्लो विश्लेषणका केही मुख्य बुँदा यस्ता छन् ।
अमेरिकामा रहेको उक्त थिङ्कट्याङ्कले ‘ओपनसोर्स इन्टेलिजेन्स’ र प्रकाशित समाचारका आधारमा युद्ध मोर्चाको प्रत्येक दिनको विश्लेषण दिने गर्छ । किभका भवनहरूमा आज बिहानै गोली हानेर युक्रेनका सहरहरूलाई निसाना बनाएको छ ।
किभमा कर्फ्यू चलिरहेको छ । शेभचेन्को जिल्लामा १२ तले आवासीय भवन ठोक्किएर दुई जना घाइते भएका छन् ।
बीबीसीका अनुसार युक्रेनको राजधानी किभ रुसी फौजले राजधानीको बाहिर रहेका इर्पिन र गुटा मेझीहर्कसा क्षेत्रमा सोमबार र मंगलबार केही आक्रमण गरेको छ । रुसीहरूले गत २४ घण्टामा यो सहरमा कुनै ठूलो कारबाही गरेका छैनन् । त्यसैगरी मारिओपोलमा रुसले यो दक्षिणी सहरमाथि पूर्व र पश्चिमबाट आक्रमण जारी राखेको छ ।
त्यस्तै खार्किभकव उत्तर-पूर्वी सहर घेरा हाल्ने क्रममा हतियारको अभाव भोगिरहेको छ । खेर्सन क्षेत्रमा रुसले मंगलबार यो क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको झुटो दाबी गरेको थियो तर यसले यो क्षेत्रका दुई मुख्य सहरहरू ज्याफोरिझ्या वा मीकोलेमा पकड थप बलियो छैन ।
त्यसैगरी ओडेसामा यो दक्षिणी बन्दरगाह सहरमाथि समुन्द्रबाट आक्रमण गर्न रुस अझै तयार भइसकेको देखिन्न किनभने त्यसका लागि आवश्यक सैन्य आधार रुसले खडा गरिसकेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया