विश्व

श्रीलंकामा बस दुर्घटना हुँदा ३२ जना घाइते

इकागज |
चैत ४, २०७८ शुक्रबार १५:५१ बजे

एजेन्सी – श्रीलंकाको दक्षिणी भागमा पर्ने वालस्मुल्लामा शुक्रबार एक बस रुखमा ठोक्किदाँ यसमा सवार विद्यालयका ३२ जना विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।

विद्यार्थीहरु शैक्षिक यात्राबाट फर्कदै गर्दा ‘ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते विद्यार्थीलाई स्थानीयवासीले वालस्मुल्ला अस्पतालमा पुर्याएका छन् ।    


श्रीलंकाले सन् २०२१ डिसेम्बर २५ देखि ३१ सम्म मात्र ५२ वटा घातक मोटर दुर्घटनाहरू भएको जनाएको छ ।  

यस दुर्घटनामा परी ५३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२१ मा कुल २ हजार ३६५ घातक मोटर दुर्घटनाहरू भएका र  यसमा परी २ हजार ४६१ जनाको मृत्यु भएको थियो ।


Author

थप समाचार
x