विश्व

अफगानिस्तानमा तालिवानले छात्रालाई पनि विद्यालय जान दिने

इकागज |
चैत ५, २०७८ शनिबार ६:२४ बजे

फाइल तस्बिर

न्युयोर्क - अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो । 

उनीहरूले महिलालाई रोजगारीसमेत गर्न प्रतिवन्ध लगाएका थिए । तर सर्वत्र आलोचना भएपछि निर्णय फिर्ता लिइएको बताएका छन् । 


आलोचना, आग्रह र दवावका कारण महिला अधिकारको पुनर्वहाली गर्ने तालिवान सरकारको निर्णयप्रति संयुक्त राष्ट्रसङ्घले धन्यवाद ज्ञापन गरेको छ । ​राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्ने दिने तालिवान सरकारको निर्णयको स्वागत गरेका छन् । 

अर्को हप्तादेखि छात्रसँगै छात्रालाई पनि विद्यालय जान दिने निर्णय सुनेर आफू हर्षित भएको उनले शुक्रबार उल्लेख गगरेका छन् । तालिवान सरकारले यही मार्च २२ देखि छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वन गर्ने अधिकारीले जनाएका छन् ।   

छात्रसँगै छात्रालाई पनि शिक्षाको अधिकार दिएपछि उनीहरूको अन्य सुरक्षाको विषयमा पनि तालिवान सरकारको ध्यान पुग्ने उनले अपेक्षा व्यक्त गरेका छन् ।  

बालिकालाई पढ्न दिने तालिवान सरकारको निर्णयको अन्य अन्तरराष्ट्रिय निकाय तथा मानवअधिकारवादी संघ संगठनले पनि स्वागत गरेका छन् । 
 


Author

थप समाचार
x