विश्व

अर्मेनियामा अग्रिम निर्वाचन घोषणा

इकागज |
चैत ६, २०७७ शुक्रबार ६:२५ बजे

अर्मेनियाका प्रधानमन्त्री निकोलस पशिन्यानले अग्रिम निर्वाचन घोषणा गरिएको छ । 

नयाँ संसद गठनका लागि उनले आगामी जुनमा हुनेगरी बिहीबार अग्रिम निर्वाचन घोषणा गरेको अधिकारीहरूले जनाएका छन् । 


देशमा राजनीतिक संकट गहिरिदै गएपछि उनले राजनीतिक निकासका लागि भन्दै संसदको कार्यकाल बाँकी रहदाँ रहँदै निर्वाचनको घोषणा गरे ।  

प्रधानमन्त्री पशिन्यानलाई तत्काल राजीनामा दिन विपक्षीहरूले लामो समयदेखि चर्को दवाव दिँदै आएका थिए । राजीनामा दिनुको सट्टामा उनले निर्वाचन घोषणा गरेका हुन् ।

उनले आगामी जुन २० तारिखका दिन निर्वाचन गर्नेगरी तयारी सुरु गरिसकिएको पनि जानकारी दिएका छन् । त्यसका लागि तयारी अवस्थामा रहन र सहभागी हुन पनि उनले सवैलाई आह्वान गरे ।

अजरबैजानसँग नागोर्नो—काराबाखमा युद्ध भएपछि अजरबैजानमा राजनीतिक विवाद सुरु भएको हो । सोही विवाद बढ्दै गएपछि अहिले अग्रिम निर्वाचन घोषणासम्मको अवस्था सिर्जना भएको हो । 

प्रधानमन्त्रीविरुद्ध आन्दोलनरत विपक्षीहरुले सरकारी कार्यालयहरु बन्द गराउने, सडक अवरोध गर्नेलगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।

नागोर्नो—काराबाखमा भएको भिडन्तका क्रममा छ हजारभन्दा बढी मानिस मारिएका छन् । अर्मेनिया र अजरबैजानबीचको भौगलिक विवादलाई विश्वकै पुरानो र लामो विवाद मानिन्छ। त्यस क्षेत्रमा सन् १९८० को अन्त्यदेखि दुई पक्षबीचको लडाइ सुरु भएको हो । 

विवाद भएको क्षेत्र अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको हिस्सा भनेर मान्यता दिइएको क्षेत्र हो । तर त्यहाँ अर्मेनियाली जातीय पृथकतावादी समूहले कब्जा गरेका छन् ।

सन् १९९० दशकको सुरुवातमा उक्त क्षेत्र विभाजित हुँदा त्यहाँ भएको लडाइमा दशौँ हजार मानिसहरू मारिएका थिए ।


Author

थप समाचार
x