रासायनिक हतियार प्रयोग नगर्ने ह्वाइट हाउसका सुरक्षा सल्लाहकारको दाबी
अबोर्ड फोर्स वन- संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थितिमा रासायनिक हतियार प्रयोग नगर्ने बताएको छ ।
रूसले यूक्रेनमा रासायनिक हतियार प्रयोग गरे पनि संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थितिमा रासायनिक हतियार प्रयोग गर्ने ‘कुनै आशय’ नभएको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार बताएका हुन् ।
“रूसले रासायनिक हतियार प्रयोग गरेमा ठूलो मूल्य चुकाउनुपर्नेछ । यद्यपि संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थिति र अवधिमा रासायनिक हतियार प्रयोग गर्ने कुनै आशय छैन भन्नुबाहेक बढी केही गर्ने छैन,” उहाँले एयर फोर्स वन जहाजमा संवाददाताहरूसँग भने । (एएफपी)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया