विश्व

युक्रेन र रुसबीच नयाँ चरणको शान्ति वार्ता हुँदै, दुवै देशका प्रतिनिधि इस्तानवुलमा

इकागज |
चैत १५, २०७८ मंगलबार १३:१५ बजे

फाइल तस्‍बिर

काठमाडौँ - रुस र युक्रेनका प्रतिनिधिमण्डल वार्ताका लागि टर्कीको इस्तानवुल पुगेका छन् । युक्रेनमा जारी आक्रमणबीच आज (मंगलबार) हुने वार्ताका लागि युक्रनले युद्धविरामलाई प्राथमिकतामा राखेको छ ।

तर युक्रेन र अमेरिकाले रुस युद्धविरामका लागि सहमत नहुने आशंका व्यक्त गरेका छन् ।


अर्कोतर्फ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो सरकार रुससँग शान्ति सम्झौताको लागि तटस्थस्थिति अपनाउने बारे छलफल गर्न तयार रहेको जनाए ।

जेलेन्स्कीले सुरक्षाको प्रत्याभूति तथा तटस्थता साथै आफ्ना राज्यहरूको गैरपरमाणुस्थिति महत्वपूर्ण विन्दु रहेको बताए ।

उनले कुनै पनि सम्भावित सम्झौताका लागि रुसी राष्ट्रपति पुटिनसँगको प्रत्यक्ष बैठक आवश्यक रहेको तथा युक्रेनमाथि आक्रमण नहुने प्रभावकारी सुरक्षाको प्रत्याभूति आवश्यक रहेको उल्लेख गरे ।

यसैबीच जेलेन्स्कीले भने रातारात तेल प्रतिबन्धसहित रुसमाथि अन्य कडा प्रतिवन्ध लगाउन विश्व शक्तिहरूसँग आग्रह समेत गरिरहेका छन् ।

अर्कोतर्फ रुसले भने युक्रेनलाई तटस्थ राख्ने तथा उसले नेटो सैन्य गठबन्धनमा सहभागी नहुने माग राखेको छ । 

युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले प्रत्यक्ष वार्ताको तीन चरणहरू पार गरेका छन्  भने चौथो चरण भिडियो मार्फत भएको थियो। एजेन्सी ।


Author

थप समाचार
x