युक्रेनी बालबालिकाका लागि ओलम्पिक पदक अक्सनमा
एजेन्सी- ओलम्पिक पदकधारी पूर्व साइकलिस्ट टोनी मार्टिनले युक्रेनका बालबालिकालाई सहयोग गर्न पदक अक्सनमा राखेका छन् । जर्मन नागरिक मार्टिनले सन् २०१२ मा लन्डन ओलम्पिकमा जितेको रजत पदक अक्सनमा राखेका हुन् ।
रुसको आक्रमणपछि विस्थापित भएका युक्रेनी बालबालिकाका लागि रकम संकलन गर्ने उद्धेश्यले उनले पदक अक्सनमा राखेका छन् ।
सन् २०२१ मा सन्यास घोषणा गरेका मार्टिनले अक्सनबाट उठेको रकम विर हेलफेन किन्डर्नलाई प्रदान गरिने तथा किन्डर्नले उक्त बालबालिका तथा उनीहरुको परिवारलाई सहयोग गर्नेछ ।
युक्रेनमा ४० लाख भन्दा बढी बालबालिका विस्तापित भएको अनुमान गरिएको छ । पदकको अक्सन अप्रिल ९ तारिखसम्म अनलाईनमार्फत हुने छ । अहिले १० हजार ५ सय अमेरिकी डलरको बोली लागिसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया