विश्व

रुसमाथिको प्रतिबन्धले भारतलाई फाइदा

इकागज |
चैत १५, २०७८ मंगलबार १६:४५ बजे

काठमाडौं - पश्चिमा देशहरुले रुसमाथि प्रतिबन्ध लगाएपछि त्यसको फाइदा उठाउँदै भारी छुटमा भारतले रुसबाट तेल आयात गरिरहेको छ । अमेरिका र चीनपछि भारत सर्वाधिक तेल खपत गर्ने मुलकको तेस्रो देश हो । भारतले खपत गर्ने तेलमध्ये ८० प्रतिशत आयात गर्ने गरेको छ ।

सन् २०२१ मा भारतले १२ मिलियन ब्यारेल तेल रुसबाट आयात गरेको थियो जुन केवल २ प्रतिशत हो । भारतले मध्यपूर्वबाट ठूलो मात्रामा तेलको आयात गर्दै आएको थियो । साथै अमेरिका र नाईजेरियाबाट पनि आयात गर्ने गरेको थियो ।


जनवरी र फेब्रुअरीमा भारतले रुसबाट तेल आयात गरेन । तर, त्यसको ठिक बिपरीत मार्च र अप्रिलमा भारतले रुसबाट ६ मिलियन ब्यारेल तेल आयात गरेको एक तथ्यांकले देखाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण थालेपछि केही देशले मात्र रुसबाट युराल क्रुड तेल खरिद गर्ने गरेका छन् र मूल्यमा पनि गिरावट आएको छ । जसको फाइदा भारतले उठाइरहेको छ ।

फाेटाे : बिबिसी


Author

थप समाचार
x