युक्रेन युद्धले निम्त्याएको खाद्य संकट दोस्रो विश्व युद्धपछिकै खराब
काठमाडौं - संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम प्रमुख डेभिड विस्लेले युक्रेन युद्धले निम्त्याएको खाद्य संकट दोस्रो विश्व युद्धपछिकै सबैभन्दा डरलाग्दो रहेको बताएका छन् ।
विस्लेले विश्वमै महत्वपूर्ण मात्रामा गहुँ उत्पादन गर्ने किसानहरू रुसविरुद्धको युद्धमा होमिएका कारण खाद्य संकट दोस्रो विश्व युद्धपछिकै सबै भन्दा खराब रहेको बताएका हुन् ।
विस्लेका अनुसार यसको असर विश्वभर नै पर्ने तथा अहिले नै खाद्यान्नको मूल्यमा भारी वृद्धि भइसकेको छ ।
खाद्य कार्यक्रमले विश्वभरका एक अर्ब २५ करोड मानिसलाई खुवाईरहेको भएपनि रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेपछि खाद्य, इन्धन र ढुवानी खर्च बढेका कारण कार्यक्रममा कटौती गर्नुपरेको समेत विस्लेले बताए ।
उनले यमनमै ८० लाख मानिसलाई रासन प्रदान गर्ने गरिएको भएपनि त्यसमा ५० प्रतिशतले कटौती गरिएको र थप कटौती हुने जनाए ।
विस्लेले युक्रेन ब्रेडबास्केटबाट ब्रेडलाइन्समा परिणत भइरहेको उल्लेख गरे ।
सन् २०२० मा इजिप्टले युक्रेनबाट ८५ प्रतिशत तथा लेवनानले ८१ प्रतिशत खाद्यान्न आयात गरेका थिए ।
युक्रेन र रुसले विश्वकै ३० प्रतिशत गहुँ, २० प्रतिशत मकै तथा ७० देखि ८० प्रतिशत सुर्यमुखी विउको तेल उत्पादन गर्ने गरेको तथा विश्व खाद्य कार्यक्रमले २० प्रतिशत खाद्यान्न युक्रेनबाट किन्ने गरेको विस्लेको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया