युक्रेन युद्धको ‘टर्निङ प्वाइन्ट’ मा रहेको जेलेन्स्कीको भनाई
काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश रुससँगको युद्धको ‘टर्निङ प्वाइन्ट’ मा रहेको बताएका छन् । जेलेन्स्कीले आफूहरु देशको पूर्वमा रुसको ठूलो आक्रमणविरुद्ध तयारी गरिरहेको समेत बताए । उनले युक्रेनले केही पनि नत्याग्ने तथा प्रत्येक मिटरका लागि लड्ने उल्लेख गरे ।
उनले डनवासमा रुसले ठूलो आक्रमण गर्न सक्ने तथा त्यसका लागि आफूहरुले तयारी गरिरहेको बताए । जेलेन्स्कीले सैन्य कारवाहीलाई कम गर्ने रुसको भनाईमाथि आफूलाई विश्वास नरहेको समेत जनाए । रुसले किभ तथा चर्नीहिभमाथिको आक्रमणलाई कम गर्ने जनाएको थियो ।
यसैबीच युद्ध सुरु भएयता युक्रेनका ४ लाख नागरिक जबरजस्ती रुसमा विस्ताथिप गराइएको युक्रेनकी ओम्बुस्डओमेन ल्यूडमिला डेनिसोभाले जनाएकी छन् ।
डेनिसोभाले रुसको युद्ध अपराधको प्रमाणहरु संकलन गरिरहेको समेत बताएकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया