विश्व

युक्रेनी सहर ओडेसामा मिसाइल आक्रमण

इकागज |
चैत १९, २०७८ शनिबार ११:२० बजे

काठमाडौँ – युक्रेनी अधिकारीहरूले रुसले आफ्ना रणनीतिक बन्दरगाह सहर ओडेसामा तीनवटा मिसाइल आक्रमण गरेको बताएका छन् । ओडेसा क्षेत्रीय सैन्य प्रशासनका प्रमुख म्याक्सिम मार्चेन्कोले रुसले कब्जा गरेको क्रिमियाबाट मिसाइल आक्रमण गरेको जनाए । उनले आक्रमणमा आफ्ना नागरिक हताहत भएको समेत बताए । 

मार्चेन्कोले सामाजिक सञ्जालमार्फत आक्रमणबारे जानकारी गराएका थिए । उनले आक्रमणमा कति क्षति भएको नबताए पनि रुसले आक्रमणको परिणाम भोग्नुपर्ने जनाए । 


यता युक्रेनी सेनाको दक्षिणी अपरेशनल कमाण्डले भने आफ्ना हवाई प्रतिरक्षाले रुसले नागरिकलाई खतरामा पार्न सक्ने महत्वपूर्ण पूर्वाधार लक्षित आक्रमणलाई रोक्न सफल भएको जनाएको छ । 

यसैबीच अमेरिकाले युक्रेनलाई ३ सय मिलियन अमेरिकी डलर बराबरीको सैन्य सहयोग प्रदान गर्ने जनाएको छ । अमेरिकाले लेजर निर्देशित रकेट प्रणाली, रणनीतिक ड्रोन, हम्भिस, नाइट भिजन चस्मा, मेसिन गन र चिकित्सा सामाग्री प्रदान गर्ने भएको हो । रुसले आक्रमण गरेयता अमेरिकाले युक्रेनलाई १.६ विलियन डलर सहयोगको बाचा गरिसकेको छ । 
 


Author

थप समाचार
x