युक्रेनलाई इयूले सहयोग गर्ने
काठमाडौ“ – युरोपेली संसदकी अध्यक्ष रोवर्टा मेटसोलाले अप्रत्याशित रुपमा युक्रेनको किभ भ्रमण गरेकी छन् । भ्रमणका क्रममा मेटसोलाले युक्रेनको रक्षामा युरोपेली संघले सहयोग गर्ने वाचा समेत गरिन् ।
मेटसोलाले साहम बल र संकल्प नारासहित युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीस“गको भेटेको फोटो ट्वीट गरेकी छन् ।
उनले युक्रेनको संसदमा सम्बोधन गर्दै युक्रेनी जनता स्वतन्त्रता, प्रजातन्त्र र कानुनको शासनका लागि लडिरहेको बताउदै यस कुरामा युरोपेली संघको पनि विश्वास रहेको उल्लेख गरिन् ।
मेटसोलाले रुसविरुद्ध थप र कडा प्रतिबन्धहरुको आवश्यकता रहेको बताइन् ।
यस अघि पोल्यान्ड, चेक रिपब्लिक र स्लोभेनियाका प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्दै युक्रेनप्रति ऐक्यवद्धता जनाएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया