विश्व

२० वर्षपछि अमेरिकाले गर्‍यो कैदी रिहा

इकागज |
चैत २०, २०७८ आइतबार १०:४७ बजे

काठमाडौँ – ग्वान्टानामो खाडीमा कैदी जीवन विताइरहेका सुफियान बरहौमीलाई २० वर्षपछि अल्जेरिया फिर्ता पठाएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार बरहौमीले ग्वान्टानामो खाडीमा २० वर्षसम्म कैदी जीवन विताएका थिए र उनलाई अल्जेरिया फिर्ता गरिएको छ । 

सन् २००२ मा अल–कायदाका शीर्ष सदस्यहरूसँगै बरहौमी पाकिस्तानको एक सेफहाउसबाट पक्राउ गरिएको थिए र उनीमाथि अमेरिकामा बम विष्फोट गर्ने योजनामा सहभागी भएको आरोप लगाइएको थियो । 


तर अमेरिकी रक्षा विभागले उनको हिरासत आवश्यक नभएको बताएपछि उनलाई रिहाइ गरिएको हो । अमेरिकी अधिकारीहरूका अनुसार अल्जेरियाले बरहौमीलाई मानविय व्यवहार गर्ने विश्वस्त पारेको छ । तर अल्जेरियाले सार्वजनिक रुपमा भने यसबारे कुनै पनि प्रतिक्रिया दिएको छैन । एजेन्सी
 


Author

थप समाचार
x