विश्व

आर्थिक संकट

श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

इकागज |
चैत २१, २०७८ सोमबार ७:५३ बजे

श्रीलंकाका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन् । मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन् ।

श्रीलंका दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शन गरिरहेका छन् । श्रीलंका सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ ।


श्रीलंकाका शिक्षामन्त्रीले आइतवार मन्त्रीपरिषद् सदस्यहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बीबीसीले जनाएको छ । राजीनामा गर्नेमा प्रधानमन्त्रीका छोरा पनि छन् ।


Author

थप समाचार
x