विज्ञ भन्छन्- युक्रेनमा रुसका कार्यहरू ‘युद्ध अपराध कस्तो देखिन्छन् भन्ने म्यानुअल’
काठमाडौँ – विज्ञहरूले युक्रेनमा रुसका कार्यहरू ‘युद्ध अपराध कस्तो देखिन्छन् भन्ने म्यानुअल’ भएको बताएका छन् । युद्ध अपराधका लागि अमेरिकी दूत पूर्व वरिष्ट सल्लाहकार माइकल न्यूटनले रुसको कार्यहरू ‘युद्ध अपराध कस्तो देखिन्छन् भन्ने म्यानुअल’ रहेको बताए ।
बीबीसीले उल्लेख गरे अनुसार किभ बाहिर फेला परेका शव यसको पछिल्लो उदाहरण मात्र भएको भन्ने विश्वास गरिएको छ । न्यूटनका अनुसार रुसले गरेका अन्य अपराधमा नागरिकलाई जानीजानी लक्षित गर्नु, नागरिकको सम्पत्ति जानीजानी विनाश गर्नु, अन्धाधुन्ध गोलाबारी गर्नु तथा आम जनतामा भोकमरी उत्पन्न गर्नु रहेका छन् ।
न्यूटनले व्यक्तिहरूमाथिको विशेष मुद्दालाई हेर्नु आवश्यक रहेको उल्लेख गरे । उनले नागरिकलाई लक्षित नगरिएको रुसको दाबीको खण्डन समेत गरेका छन् ।
रुसले आइतबार नै युक्रेनको बुचा तथा इरपिनमा देखिएका शवहरू झुटो रहेको दाबी गरेको थियो । न्यूटनले रुसले जे दावी गरेपनि अकाट्य प्रमाणहरू फेला परेको समेत बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया