९० दिनभित्रै निर्वाचन गराउन सकिँदैन् : पाकिस्तानी निर्वाचन आयोग
काठमाडौँ- पाकिस्तानको निर्वाचन आयोगले तीन महिनाभित्र आम निर्वाचन गराउन असमर्थ रहेको जनाएको छ । विभिन्न कानूनी तथा प्रक्रियागत चुनौती कारण तीन महिनाभित्र आम निर्वाचन गराउन नसक्ने निर्वाचन आयोगले जनाएको हो ।
गत आइतबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सिफारिमा राष्ट्रपति अरिफ अल्भीले संसद् विघटन गर्दै ९० दिनभित्र निर्वाचन गराउने घोषणा गरेका थिए ।
निर्वाचन आयोगले जनाए अनुसार निर्वाचनका लागि कम्तिमा ६ महिनाको समय आवश्यक रहेको छ । निर्वाचन क्षेत्रहरुको नयाँ सिमांकन तथा जिल्ला र निर्वाचन क्षेत्र अनुसार मतदाता सूचीहरुको अनूरुपता ल्याउनु प्रमुख चुनौती रहेको आयोगले उल्लेख गरेको छ ।
सिमांकनका लागि नै कम्तिमा तीन महिना लाग्ने तथा त्यसपछि मतदाता नामावली अध्यावधिक गर्न थप समय लाग्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचन आयोगको कानून अनुसार निर्वाचन आयोगले निर्वाचनका लागि चार महिना अगावै समय तोक्नुपर्ने हुन्छ ।
अर्कोतर्फ बालुचिस्तानमा मे २९ मै स्थानीय निर्वाचन हुने मिति तोकिएको छ भने पञ्जाब, सिन्ध र इस्लामाबादमा पनि स्थानीय निर्वाचन गरिने योजना रहेको कारण आम निर्वाचन नगरिए ती सबै स्थानको स्थानीय निर्वाचन रोक्नुपर्ने हुन्छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचन सामाग्री खरिद, मतपत्रको व्यवस्था र मतदानका लागि कर्मचारीको नियुक्त र तालिम पनि चुनौतीपूर्ण रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया