विश्व

सांघाइमा लकडाउन थपियो

इकागज |
चैत २३, २०७८ बुधबार ८:३२ बजे

सांघाइ– चीनको सांघाइमा जारी लकडाउनलाई थप विस्तार गरिएको छ । लकडाउनबाट शहरका साढे २ करोड जनसंख्या प्रभावित भएका छन् । सांघाइमा कोभिडका बिरामीहरू ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो । 

महत्वपूर्ण वित्तीय हव सांघाइमा पछिल्लो एक महिनादेखि संक्रमण बढिरहेको छ । यहाँ दैनिक १३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।


कोभिड संक्रमण बढेपछि केही दिनअघि पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो । तर, अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन लकडाउन जारी गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । 


Author

थप समाचार
x