विश्व

रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी

इकागज |
चैत २३, २०७८ बुधबार १०:५७ बजे

काठमाडौँ- पश्चिममा मुलुकले युक्रेनमाथि आक्रमण जारी राखेको रुसमाथि थप प्रतिबन्ध लगाउने घोषणा गर्ने तयारी गरिरहेका छन् । बीबीसीले जनाए अनुसार युक्रेनको बुचामा रुसी अत्याचारको आरोपकाबीच रुसमाथि थप प्रतिबन्धहरुका लागि माग बढ्दै गएको छ । मंगलबार नै रुसी सेनाले करिब ३ सय २० जना युक्रेनी नागरिकको हत्या गरेको बुचाका मेयरले बताएका थिए । 

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानी, सरकारको स्वामित्वमा रहेका वित्तीय संस्थाहरू तथा केही सरकारी अधिकारीहरूमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताएकी छन् । 


साकीका अनुसार यस प्रयासले पुटिनको युद्धलाई सहयोग गर्ने तथा समर्थन गर्ने रुसी गुटलाई जवाफदेही बनाउने छ । रुसको सबैभन्दा ठूलो ऋणप्रदान गर्ने यसबरबैंकमाथि पनि प्रतिबन्ध लगाउन सकिने बताइएको छ । साकीले युरोपेली संघ र जीसेभेन राष्ट्रस“गको सहकार्यमा प्रतिबन्ध लगाइने जनाइन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी दुई छोरीमाथि पनि प्रतिबन्ध लगाउन लागिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । 

मंगलबार नै युरोपियन कमिशनले रुसमाथि थप प्रतिबन्धका लागि प्रस्ताव गरेको थियो । जसमा रुसले आयात गर्ने कोइला तथा सरकारी स्वामित्वका व्यवसाय र सरकारी अधिकारीमाथिको प्रतिबन्ध पनि थियो ।


Author

थप समाचार
x