विश्व

भारतद्वारा रुसी आक्रमणको कडा विरोध

इकागज |
चैत २३, २०७८ बुधबार १५:५५ बजे

काठमाडौँ – भारतले युक्रेनमा रुसले जारी राखेको सैन्य आक्रमणको कडा विरोध गरेको छ । भारतका विदेश मामिला मन्त्री एस जयशंकरले बुधबार लोकसभामा बोल्दै भारतले रुसी कमदको कडा विरोध गरेको जनाए । 

युक्रेनमाथि रुसले जारी राखेको युद्धको बारेमा भारतको अडानको बारेमा गरिएको प्रश्नमा जयशंकरले भारत द्धन्दको कडा विरोधमा रहेको तथा रगत बगाएर र निर्दोषको ज्यान लिएर कुनै पनि समस्याको समाधान नहुने भारतको धारणा जनाए ।


जयशंकरले अहिलेको युगमा कुनै पनि विवादको समाधान भनेको संवाद र कूटनीति रहेको उल्लेख गरे । उनले द्धन्दका कारण विश्व तथा भारतको अर्थतन्त्रमा नकारात्मक असर गरेको बताए । 

फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि भारत तटस्थ बस्नुका साथै रुसकोविरोधमा कुनै प्रतिक्रिया जनाएको थिएन । संयुक्त राष्ट्र संघमा युक्रेन सम्बन्धि सबै मतदानमा भारत अनुपस्थित रहेको थियो । साथै युक्रेनमाथि गरेको आक्रमणका कारण रुसलाई एक्लो पार्ने पश्चिमा देशको आह्वानबाट पनि आफूलाई टाढा राखेको हिन्दुस्तान टाइम्सले जनाएको छ । 
 


Author

थप समाचार
x