विश्व

मकारिभमा १३२ जनाको शव भेटियो

इकागज |
चैत २६, २०७८ शनिबार ८:३३ बजे

युक्रेनी सहर मकारिभमा जम्मा १३२ शव फेला परेको छ । मकारिभमा जम्मा १३२ शव फेला परेको युक्रेन्स्का प्राभदा वेबसाइटले सहरका मेयरलाई उद्धृत गर्दै जनाएको छ ।

शुक्रबार एक टेलिभिजन सम्बोधनमा बोल्दै वद्यम टोकरले भने 'हिजोसम्म हामीले रुसद्वारा मारिएका नागरिकहरूको १३२ जनाको शव उत्खनन गर्यौं ।'


उनले अधिकांश शव सामूहिक चिहानबाट निकालिएको तर केही सडकमा फेला पारेको बताए ।

मकारिभ किभबाट करिब ५० किलोमिटर (३० माइल) पश्चिममा छ र युद्ध हुनुअघि करिब १५,००० मानिसको जनसंख्या रहेको बीबीसीले जनाएको छ ।

टोकरले हालैका हप्ताहरूमा भएको लडाइले सङ्ख्या एक हजारभन्दा कम भएको देखेको र मकारिभको करिब ४० प्रतिशत क्षति भएको र धेरै भवनहरू मर्मत गर्न नसकिने बताए ।

'अधिकारीहरूले लगभग सबै पूर्वाधारहरू ध्वस्त पारे घरहरू र अपार्टमेन्ट भवनहरू बम विष्फोट गरे, अस्पतालहरू र किन्डरगार्टनहरू पूर्ण रूपमा ध्वस्त पारे,' उनले भने।


Author

थप समाचार
x