फ्रान्सेली निर्वाचनको पहिलो चरणमा माक्रोन विजयी
काठमाडौँ – फ्रान्सेली चुनावको पहिलो चरणमा वर्तमान राष्ट्रपति इमानुएल माक्रोन विजयी भएका छन् । दोस्रो चरणमा माक्रोनविरुद्ध अब दक्षिणपन्थी प्रतिद्धन्दी मारिन ले पेनले प्रतिस्पर्धा गर्नेछिन् ।
पहिलो चरणको निर्वाचनमा १२ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए । कुनैपनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न सकेनन् । माक्रोनले २७ दशमलब ३५ प्रतिशत मत प्राप्त गरे । पेनले भने २३ दशमलब ९७ प्रतिशत मत प्राप्त गरिन् ।
दोस्रो चरणको निर्वाचन अप्रिल २४ मा हुनेछ जसले फ्रान्सको नयाँ राष्ट्रपतिको टुंगो लगाउनेछ ।
पहिलो चरणको निर्वाचनमा जित हात पारेका माक्रोनले आफ्ना समर्थकहरूलाई अहिले केही पनि निर्णय नभएको तथा कुनै पनि गल्ती नगर्न आग्रह गरे । तर सर्वेक्षणमा दोस्रो चरणको निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने देखाएको बीबीसीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया